जिप दुर्घटनामा पूर्वसांसद सहित २ जनाको मृत्यु

जिप दुर्घटनामा पूर्वसांसद सहित २ जनाको मृत्यु

गुल्मी, २८ चैत   गुल्मीको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदसहित दुईजनाको मृत्युु भएको छ ।  मालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जिप  मुसीकोट–१, पौदीअमराईमा आज बिहान बिहान ९:०० बजे  दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि गुल्मीका पूर्वसासंदसमेत रहेका धुर्काेट गाँउपालिका -५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका-१ का वर्ष ८ का ओश्कर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । जिप सडकबाट एक सय मिटरभन्दा तल खसेको छ ।