आइपिएल अपडेटःआज बैंग्लोर र कोलकाता खेल्दै

आइपिएल अपडेटःआज बैंग्लोर र कोलकाता खेल्दै

एजेन्सी,चैत २२ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।

घरेलु मैदानमा बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । बैंगलोर कोलकत्ताविरुद्ध जित निकाल्दै पहिलो अंक जोड्न चाहन्छ ।विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई विश्व स्तरिय खेलाडीहरुको साथ रहने छ ।अघिल्ला ३ खेलमा कोलकत्ताले २ जित र १ हार व्यहोरेको छ । कोलकत्ता ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दुईबीचको पछिल्लो पाँच खेलमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा कोलकत्ताले ४ खेलमा जित निकालेको छ । बैंगलोर एक खेलमा मात्र जित निकाल्न सफल भएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा हुने घरेलु टोली र कोलकत्ताबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।