प्रधानमन्त्री बालेन र रविबीच पाँच घण्टा छलफल, के-के भए कुराकानी ?

प्रधानमन्त्री बालेन र रविबीच पाँच घण्टा छलफल, के-के भए कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा छलफल भएको छ। सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए। लामिछानेका स्वकीय सचिव अविनास आचार्यका अनुसार दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा पाँच घण्टा छलफल भएको थियो।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र सरकारका कामकारबाहीबारे लामिछानेलाई जानकारी गराएका थिए। त्यस्तै, संसद् बैठक आह्वान, विधेयक र अध्यादेशलगायत विषयमा पनि छलफल भएको आचार्यले जानकारी दिए।

मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका विषयमा समेत कुराकानी भएको उनले बताए। यसका साथै पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण कार्यक्रमलगायत विषयमा पनि दुई नेताबीच छलफल भएको थियो।