निर्वाचन आयोगद्वारा कांग्रेसको गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

निर्वाचन आयोगद्वारा कांग्रेसको गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। आयोगले आज विवरण अद्यावधिक गरी त्यससम्बन्धी पत्रसमेत दिएको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाको नेतृत्वमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले मान्यता दिएको हो।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै कार्यतालिकासहितको पत्र आयोगमा बुझाएको थियो। तर, आयोगले गगन नेतृत्वको कार्यसमितिलाई मान्यता दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ। यद्यपि, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दा अझै विचाराधीन छ।