

-पुरुषोत्तम सुवेदी-
काठमाडौँ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी-नेपाल) नेपाल अन्तर्गत निर्माण भइरहेको ४०० केभी क्षमताको नेपाल-भारत सीमापार प्रसारण लाइन आयोजनामार्फत आगामी डिसेम्बर २०२६ देखि नेपाल र भारतबीच २०० केभी विद्युत् आदानप्रदान गर्ने तयारी गरिएको छ ।
नेपालतर्फ नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को न्यू बुटवल सबस्टेसनदेखि भारतको सीमासम्मको १८ किमी खण्डमा टावर तथा लाइन निर्माण कार्य सम्पन्न भइसकेको छ । भने ४०० केभी सबस्टेसनको निर्माण सन् २०२७ को डिसेम्बरसम्म मात्र सम्पन्न हुने छ । भारततर्फ सीमादेखि करिब गोरखपुरसम्मको ९६ किमी खण्डमा टावर तथा लाइन निर्माण कार्य काम तीव्र गतिमा भइरहेको छ भने गोरखपुरमा ४०० केभीको सबस्टेसनको पूर्वाधार पहिले नै तयार भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरण, न्यू बुटवल सबस्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रका अनुसार ४०० केभी क्षमताको पूर्ण सबस्टेसन निर्माणको काम सन् २०२७ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समग्र आयोजना ४०० केभी उच्च क्षमताको भए पनि नेपालतर्फ ४०० केभी सबस्टेसनको निर्माण सन् २०२७ को डिसेम्बरसम्म मात्र सम्पन्न हुने भएकाले तत्कालका लागि तयारी अवस्थामा रहेको नेपालतर्फ नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को न्यू बुटवल सबस्टेसनदेखि २०० केभी प्रणालीमार्फत विद्युत् प्रवाह गर्न लागिएको हो । यस व्यवस्था अनुसार आवश्यकता अनुसार दुवै देशले एक-अर्कालाई विद्युत् उपलब्ध गराउने छन् ।
तत्कालको योजना, सन् २०२६ डिसेम्बरसम्म न्यू बुटवलको २०० केभी सबस्टेसनमार्फत भारतसँग लाइन जोडी विद्युत् आदानप्रदान सुरु गरिनेछ । सन् २०२७ को अन्त्यमा ४०० केभी सबस्टेसन तयार भएपछि पूर्ण क्षमतामा विद्युत् प्रवाह हुनेछ।
४०० केभी क्षमताको स्थायी सबस्टेसन बन्न बाँकी रहेकाले हाल न्यू बुटवल सबस्टेसनमा तयारी अवस्थामा रहेको २०० केभी क्षमताको प्रणालीलाई भारतसँग जोडिनेछ । डिसेम्बर २०२६ सम्ममा दुवै देशको लाइन जडान गरी विद्युत् आदानप्रदान सुरु गर्ने गरी दुवैतर्फ तीव्र रूपमा काम भइरहेको छ ।
स्थायी रूपमा ४०० केभी संरचना ( ४०० केभी विस्तार लगायत) सन् २०२७ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालनमा आएपछि भने यो प्रसारण लाइनबाट पूर्ण क्षमतामा ४०० केभी विद्युत् प्रवाह सुरु हुनेछ।

नेपाल तर्फ , एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीसी–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको टावर तथा लाइन निर्माण कार्य निर्माण कार्य पूरा गरिसकेको छ । भने ४०० केभी सबस्टेसनको संरचन तयार गर्न सन् २०२७ को अन्त्यसम्ममा हुने छ ।
सो प्रसारण लाइन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित न्यू बुटवल सबस्टेशन हुँदै भारत सम्म पुर्याइने छ । यस परियोजनाबाट नेपालमा विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भएको अनुरोध बमोजिम एमसीसी-नेपालले विद्युत् प्रसारण लाइनको यस १८ किमी खण्डको टावर तथा लाइन निर्माण कार्य निर्धारित समयसीमाभित्रै उक्त कार्य पूरा गरेको छ । भने ४०० केभी सबस्टेसनको संरचना तयार गर्न सन् २०२७ को अन्त्यसम्ममा हुने छ ।
, “नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसीसी नेपाल कम्प्याक्टमार्फत उपलब्ध गराइएको यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि एक महत्वपूर्ण उपलब्धि हो ।”
नेपालतर्फको १८ किमी प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइन अन्तर्गत एमसीसी–नेपालबाट हुनुपर्ने टावर तथा लाइन निर्माण निर्माण कार्य सम्पन्न भएको छ । ४०० केभी सबस्टेसनको संरचन तयार गर्न सन् २०२७ को अन्त्यसम्ममा हुने छ ।
अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी यसलाई सञ्चालनमा ल्याउनुपूर्व नेपाल-भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्ति लगायतका बाँकी कामलाई अगाडि बढाइनेछ ।
यो १८ किलोमिटर खण्ड एमसीसी–नेपालको विद्युत् प्रसारण आयोजनाको एक अंश हो । यस आयोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेशन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् ।
नेपालमा विद्युत्को उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई टेवा पुर्याउन आवश्यक प्रसारण सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले यो आयोजना तयार पारिएको हो ।
तस्बिर- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित न्यू बुटवल सबस्टेशन