पूर्वप्रधानन्यायाधीश जबरासहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश जबरासहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनी निकटका केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ । सिंहदरबारस्थित स्रोतका अनुसार विभागको टोलीले बुधबार दिउँसो पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेको हो ।

त्यसैगरी, जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको स्रोतले जनाएको छ ।

जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ पर्ने नवीन बस्नेतको घरमा समेत विभागको टोलीले छापा मारेको बताइएको छ । छापा मार्ने क्रममा टोलीले महत्त्वपूर्ण कागजातहरू बरामद गरेको स्रोतको दाबी छ । यसअघि प्रहरीले केही दिनअघि पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेको थियो । पक्राउ परेको करिब १२ घण्टापछि उनलाई प्रहरीले छाडेको थियो ।