

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंकले घटेको छ । नेप्सेमा आएको गिरावटसँगै परिसूचक २ हजार ५७२ अंकमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको हो ।
आज कुल ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बैंकिङ समूहबाहेक सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक भने ०.०८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै व्यापार समूह १.३८ प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक ०.०७, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.०३, लगानी ०.५५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.६० र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन् ।
बुधबार घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढेको छ । इङवा हाइड्रोपावर ४.८५, सानिमा मिडिल तमोर ३.६६ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य २.९९ प्रतिशतले बढेको छ ।
यता, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ३.६४ प्रतिशतले घटेको छ । याम्बलिङ हाइड्रोपावर ३.४२ र माथिल्लो मैलुङखोलाको सेयर मूल्य ३.३७ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र हिमालयन डिस्टिलरी अगाडि रहेका छन् ।