भारतीय उद्धार टोली काठमाडौं आइपुग्यो, घटनास्थलतर्फ जाने तयारी

भारतीय उद्धार टोली काठमाडौं आइपुग्यो, घटनास्थलतर्फ जाने तयारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धारमा सहयोग गर्न भारतीय उद्धार टोली काठमाडौं आइपुगेको छ।

नेपालस्थित भारतीय दूतावासमा आइपुगेको टोली नेपाल सरकारको निर्देशनअनुसार घटनास्थलतर्फ प्रस्थान गर्ने तयारीमा रहेको छ।

नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा बेपत्ता भएकाको खोजी र उद्धारमा सहयोग पुर्‍याउन भारतीय टोली नेपाल आएको हो।

बाढीपछि रसुवा तथा आसपासका जिल्लामा उद्धार र राहत कार्य जारी छ। पछिल्लो समय विभिन्न मित्रराष्ट्रबाट नेपाललाई विपद् व्यवस्थापनमा सहयोग प्राप्त भइरहेको छ।