अब निर्मात्री प्रियंका

अब निर्मात्री प्रियंका

काठमाडौं । अभिनेत्री प्रियंका कार्की झण्डै डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन्। अभिनयसँगै दमदार नृत्यमार्फत दर्शकको मन जित्दै आएकी प्रियंका अब भने नयाँ भूमिकामा देखिँदैछिन्।

प्रियंकाले फिल्म ‘मास्टर्नी’ मार्फत पहिलोपटक निर्माणमा हात हालेकी हुन्। उनको होम ब्यानर आयंका फिल्म्सबाट निर्माण भएको फिल्म भदौ ५ गतेदेखि प्रदर्शनमा आएकाे छ।

अभिनयमा स्थापित पहिचान बनाइसकेकी प्रियंकाको निर्मात्रीका रूपमा यो पहिलो यात्रा भएकाले ‘मास्टर्नी’लाई विशेष रूपमा हेरिएको छ। फिल्ममा प्रियंका आफैँको अभिनयसमेत रहेको छ।