आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा

आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा विभिन्न प्रदेशका तराई क्षेत्रमा समेत मध्यम वर्षा हुनसक्नेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेसका केही स्थानमा हुरीबतास चल्न सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना छ।

पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने कोशी र लुम्बिनीका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।