

काठमाडौं । ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।
बैंकको आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
बैंकले नाइमा अटो एक्सपोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना पनि ल्याएको छ। तीन वर्षपछि उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण हुने जनाइएको छ।
ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखेर गाडी खरिद गर्न इच्छुक ग्राहकलाई त्यहीँबाट कर्जा प्रक्रियाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र गाडी कर्जाको स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको उल्लेख गरेको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ।
ग्लोबल आईएमई बैंकका अनुसार यो ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्। बैंकले कुल एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।