संसद् क्यालेन्डरबारे सभामुखको परामर्श बैठक, सदन प्रभावकारी बनाउनेमा जोड

संसद् क्यालेन्डरबारे सभामुखको परामर्श बैठक, सदन प्रभावकारी बनाउनेमा जोड

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाई आगामी संसद् क्यालेन्डर तथा सदन सञ्चालनका विषयमा छलफल गरेका छन्।

सभामुखको सचिवालयका अनुसार बैठकमा संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा संसदीय कार्यप्रणालीलाई सुदृढ गर्ने उपायबारे विस्तृत छलफल भएको हो।

छलफलका क्रममा सांसदहरूको आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोसाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा सदस्यहरूले आफ्ना सुझाव राखेका थिए।

बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

सहभागीहरूले संसद्लाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए।