

काठमाडौं । सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका र घाइते भएकाहरूलाई राहत, क्षतिपूर्ति तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यद्यपि, राहत तथा क्षतिपूर्तिको रकम भने सरकारले सार्वजनिक गरेको छैन। सुनसरीमा भएको घटनामा तीन जना र सिरहामा एक जना गरी कुल चार जनाको मृत्यु भएको थियो।