वर्षाले डुब्यो सुकुम्वासी होल्डिङ सेन्टर, विस्थापितको बिचल्ली

वर्षाले डुब्यो सुकुम्वासी होल्डिङ सेन्टर, विस्थापितको बिचल्ली

काठमाडौं । गएरातिको अविरल वर्षापछि काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। भवनभित्र पानी पस्दा त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्वासी परिवारको जनजीवन प्रभावित भएको छ।

डुबानका कारण होल्डिङ सेन्टरका कोठाहरू जलमग्न भएका छन् भने सुकुम्वासीका लत्ताकपडा, खाद्यान्न र अन्य दैनिक उपभोगका सामग्रीसमेत पानीमा डुबेका छन्। यसले त्यहाँ बस्दै आएका परिवार थप समस्यामा परेका छन्।

काठमाडौं महानगरपालिकाले केही समयअघि नदी किनारका बस्ती हटाएपछि विस्थापित भएका सुकुम्वासी परिवारलाई अस्थायी रूपमा यही होल्डिङ सेन्टरमा राखेको थियो।

लगातारको वर्षापछि होल्डिङ सेन्टर नै डुबानमा परेपछि सुरक्षित बसोबास, राहत तथा व्यवस्थापनको माग प्रभावित परिवारले गरेका छन्।