

काठमाडौं । देशका छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङ्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्रले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो।
नवनियुक्त उपकुलपतिहरूले स्वास्थ्य शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने जिम्मेवारी सम्हाल्नेछन्।