सुन तोलामा २७ सयले उकालो, चाँदी पनि महँगियो

सुन तोलामा २७ सयले उकालो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन उल्लेख्य गिरावट आएको सुनको भाउ आज प्रतितोला २ हजार ७ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ मा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय १० रुपैयाँ पुगेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँ ले वृद्धि भएको हो।

यता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय १५ अमेरिकी डलर मा कारोबार भइरहेको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तनअनुसार स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्य समायोजन हुने गरेको छ।