

काठमाडौं । चलचित्र ऊनको स्वीटर राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको छ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्रलाई उत्कृष्ट चलचित्रको पुरस्कार प्रदान गरेका हुन्।
नवीन चौहानको निर्देशनमा बनेको उक्त चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेका छन्