

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्र लज्जावती को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षले ४५ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको जनाएको छ।
निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। चलचित्र आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी दिनेशराज बुढाथोकीले सम्हालेका छन्।
दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल तथा हिउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। निर्माण पक्षका अनुसार अब पोस्ट–प्रोडक्सनका कामलाई तीव्रता दिँदै निर्धारित मितिमै चलचित्र प्रदर्शन गरिनेछ।