

काठमाडौं । चलचित्र ‘लालीबजार’ विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी चलचित्र निर्माण गरिएको आरोप लगाउँदै बादी समुदायका प्रतिनिधिहरूले आइतबार विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउने प्रयास भएको दाबी गर्दै चलचित्रको निर्माण र प्रदर्शन तुरुन्त रोक्न माग गरेका छन्।
अधिकारकर्मीहरूले “बादी जातिको सम्मान कायम गर”, “लालीबजार चलचित्र बन्द गर” जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकता र सामाजिक छविमाथि गम्भीर असर पारेको आरोप समेत लगाएका छन्।