काठमाडौं । कलाकार संघ को अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी सविन श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पद जितेका हुन् । निर्वाचन परिणामअनुसार केसीले २१६ मत प्राप्त गरे भने श्रेष्ठ १३२ मतमा सीमित भए ।
त्यस्तै उपाध्यक्ष पदमा पूजना प्रधान १४४ मत र शिवहरी वैरागी १४६ मतसहित विजयी भएका छन् । महासचिव पदमा रामेश्वर बुर्लाकोटीलाई पराजित गर्दै सुनील कटवाल निर्वाचित भएका छन् । सचिव पदमा गोपाल ढकाल २१४ मतसहित विजयी हुँदा पल्पसा डंगोल ११० मतसहित पराजित भएकी छन् । कोषाध्यक्षमा तेजुला खतिवडा निर्वाचित भएकी छन् ।