सार्वजनिक संस्था पूर्व कर्मचारी समाज नेपालको प्रथम साधारणसभा सम्पन्न

सार्वजनिक संस्था पूर्व कर्मचारी समाज नेपालको प्रथम साधारणसभा सम्पन्न

काठमाडाैं । सार्वजनिक संस्थानहरूमा लामो समय सेवा गरि अवकाश प्राप्त गरेका कर्मचारीहरूको हित र संरक्षण गर्ने उद्देश्यले गठन भएको सार्वजनिक संस्था पूर्व कर्मचारी समाज नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

समाजको तदर्थ समितिका अध्यक्ष सिद्धिकृष्ण जोशीको सभापतित्व रहेको समारोहको प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेले समुद्घाटन पानसमा बत्ति बालेर गरेका थिए। आफ्नो मन्तव्यमा उनले नेपालका सार्वजनिक संस्थानहरूको समस्या उल्लेख गर्दै संस्थानहरूमा राजनीतिक हस्तक्षेप नै संस्थानहरू कमजोर बनाउने प्रमुख कारण रहेको बताएका छन् । उदयपुर सिमेन्टको दृष्टान्त दिदै राजा विरेन्द्रको आग्रहमा जापानका राजाको आदेश बमोजिम जापान सरकारले बनाइदिएको उक्त कारखाना चलाउनु नसक्नु दुर्भाग्य भएकाे बताए । यस्तो संस्थाको आवश्यकता रहेको, शक्त्ति बढाउदै लगेर राज्यलाई तपाईंको आवाज सुन्न बाध्य पार्न सकिने उल्लेख गर्दै यसको निम्ति एक भएर काम गर्न आग्रह समेत गरे ।

उक्त साधारणसभाले महासचिव दिनेशविक्रम थापाको सांगठनिक प्रतिवदन र कोषाध्यक्ष धर्मप्रसाद खनालको आर्थिक प्रतिवेदन सर्वसम्वतरूपले पारित गर्दै दिनेशविक्रम थापाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द पाैडेल, उपाध्यक्ष गोविन्दचन्द्र सुवेदी, महासचिव धर्मप्रसाद खनाल, सचिव जनार्दनबाबु कट्टेल र कोषाध्यक्ष बसन्ती श्रेष्ठ सहित ९ जना सदस्यहरू निर्वाचित गरेको छ ।