

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गर्दै केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ।
लुम्बिनी प्रदेशका नौ जिल्लामा सिटिजन्स बैंकका ५१ शाखा कार्यालय सञ्चालनमा छन्। बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।