

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना ग्राहकलाई अझ सहज, सरल र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) धितोमा अनलाइनमार्फत कर्जा लिन सकिने नयाँ सुविधा सुरु गरेको छ।
अब ग्राहकहरूले आकस्मिक रूपमा रकम आवश्यक परेमा मोबाइल बैंकिङ एप प्रयोग गरी आफ्नो मुद्दती निक्षेपको आधारमा तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो निक्षेपको ९० प्रतिशतसम्म रकम, अधिकतम १० लाख रुपैयाँ र न्यूनतम ५ हजार रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ। प्राप्त रकम ग्राहकको बचत खातामा तत्काल जम्मा हुने बैंकले जनाएको छ।
उक्त सेवाका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने भएकाले यसले समय, श्रम र स्रोतको बचत हुने बैंकको दाबी छ। बैंकका अनुसार, डिजिटल प्रविधिको उपयोगमार्फत ग्राहक अनुभव सुधार गर्ने उद्देश्यले यो सेवा थप गरिएको हो।
हालै विश्वप्रसिद्ध ‘बैंक अफ द ईयर २०२४’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँग सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो।
त्यस्तै, बैंकले मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन र सिआरएन नम्बर सेवा, साथै क्रस बैंक टेलर सुविधा पनि उपलब्ध गराएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।
हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंककाे ‘लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सुविधाकाबारेमा बैंकका हेड–डिपोजिट मार्केटिङ पारस विक्रम थापासँग राष्ट्रवाणीले गरेको कुराकानीकाे सम्पादित अंश।

– बैंकले सार्वजनिक गरेको ’लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा कस्तो हो ?
‘लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ भन्नाले, तपाईंले बैंकमा राखेको Fixed Deposit लाई नै जमानत (Collateral) बनाएर ऋण (Loan) लिन सक्ने सुविधा हो ।
अब Citizens Bank ले यो सेवा Digital रूपमा उपलब्ध गराएको छ । यसको अर्थ के हो भने — तपाईंले बैंक शाखामा नगई, Citizens Bank को मोबाइल बैंकिङ प्लेटफर्मबाटै One Click मै आफ्नो FD विरुद्ध ऋण (Loan) लिन सक्नुहुन्छ।
Loan Against FD सेवा के हो भने तपाईंको नाममा बैंकमा भएको Fixed Deposit लाई Security बनाएर तुरुन्तै Loan पाउन सकिन सेवा हाे ।
साधारणतया तपाईंलाई FD को मूल्यको ९० % सम्म Loan दिइन्छ । यदि तपाईंले मोबाइल बैंकिङबाट FD Against Loan गर्नुभयो भने तपाईंको लोन लिमिट FD को मूल्यको ९० % अथवा बढिमा रु. १० लाख सम्म हुनेछ ।
-यो ’डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा कसरी विकास भयो ? यसलाई ल्याउने मुख्य उद्देश्य के हो?
अहिलेको Banking द्रुत रुपमा Digitization मा focus भै अगाडी बढेकोे छ र Deposit Product र Customer on boarding को सन्दर्भमा धेरै कुरामा Digitized भैसकेको छ। अब बैंकहरु Lending side लाई Digitization गर्नमा Focus छन् र ’डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ यसको सुरुवात हो किनकी यो बैंकको लागि Safest Lending Product हो । डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट सेवा डिजिटल रुपान्तरण र ग्राहक सुविधाको विस्तारका लागि विकास गरिएको हो। बैंकले FD र लोन प्रणालीलाई एकै डिजिटल प्लेटफर्ममा जोडेर स्वचालित Loan Approval र Real-Time Verification System प्रयोग गरेर, ग्राहकलाई मोबाइलबाटै तुरुन्त ऋण लिन सक्ने सहज प्रणालीलाई विकास गरिएको हो। Citizens Bank सहित अन्य बैंकले यो सेवा ल्याउने मुख्य उद्देश्यहरू
ग्राहकलाई सजिलो र छिटो सेवा दिनु,
समय र कागजी झन्झट घटाउनु,
डिजिटल बैंकिङ प्रवद्र्धन गर्नु,
FD रकमलाई आवश्यक पर्दा प्रयोग गर्न सकिने बनाउनु।
-नेपालमा यस्ता डिजिटल ऋण सेवाहरूको माग किन बढेको छ ? सिटिजन्स बैंकले यसलाई कसरी पहिचान गर्यो ?
नेपालमा यस्ता डिजिटल ऋण सेवाहरूको माग बढ्नुको मुख्य कारण भनेको प्रविधिको तीव्र विकास, स्मार्टफोन र इन्टरनेटको व्यापक पहुँच, र ग्राहकहरूले छिटो, सरल र कागजरहित सेवाको चाहना राख्नु हो। विशेषगरी युवा पुस्ता र शहरमा बसोबास गर्ने कामकाजी वर्गले परम्परागत बैंकिङ प्रक्रियाभन्दा सजिलो र तत्काल उपलब्ध हुने वित्तीय समाधान खोज्ने गरेका छन्। डिजिटल ऋण सेवाहरूको माग बढाउनमा Fintech Company हरूको भूमिका पनि ठूलो छ। सिटिजन्स बैंकले यो परिवर्तनलाई समयमै बुझ्दै ग्राहकहरूको व्यवहार र आवश्यकतामा आएको परिवर्तनको अध्ययन र्गयो। बैंकले डिजिटल प्लेटफर्ममार्फत सानो र छोटो अवधिका ऋण सेवाको आवश्यकता बढ्दै गएको देखेर डिजिटल ऋण सेवा विकास गर्ने निर्णय गर्यो, जसले ग्राहकलाई मोबाइल एप वा अनलाइन माध्यमबाट तुरुन्त ऋण उपलब्ध गराउन सहयोग पुर्यायो। यसले बैंकलाई प्रतिस्पर्धात्मक बजारमा अगाडि बढ्न र नयाँ पुस्ताका ग्राहकहरूलाई आकर्षित गर्न मद्धत गर्याे ।
-ग्राहकहरूले कति सम्म ऋण लिन सक्छन् ?
साधारणतया तपाईंलाई FD को मूल्यको ९०% सम्म Loan दिइन्छ । यदि तपाईंले मोबाइल बैंकिङबाट FD Against Loan गर्नुभयो भने तपाईंको लोन लिमिट रु. १० लाखसम्म हुनेछ ।
-आवेदन प्रक्रिया कस्तो छ ?
Citizens Bank को डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट (Loan Against FD) सेवाको आवेदन प्रक्रिया सजिलो र छिटो छ। ग्राहकले सर्वप्रथम बैंकको मोबाइल बैंकिङ एप लगइन गर्नु पर्छ। त्यसपछि आफ्नो खातामा रहेको FD (Fixed Deposit) चयन गरी त्यसलाई जमानत (Collateral) बनाएर आवश्यक ऋण रकम प्रविष्ट गर्नुपर्छ। बैंकले सामान्यतया FD को ९० % सम्मको रकम ऋणको रूपमा उपलब्ध गराउँछ। आवेदन प्रक्रियामा कागजी काम न्यूनतम राखिएको छ, जसले गर्दा ग्राहकले शाखामा नगई अनलाइनमार्फत आवेदन गर्न सक्छन्। आवेदन स्वीकृत भएपछि रकम तुरुन्तै बचत खातामा जम्मा हुन्छ। ऋण फिर्ता गर्ने अवधि, ब्याजदर र भुक्तानी प्रक्रिया बैंकले तोकेको अनुसार हुने हुँदा, ग्राहकले आफ्नो सुविधा अनुसार किस्ता वा अन्तिम म्याच्युरिटीमा फिर्ता गर्न सक्छ।
-ब्याजदर, अवधि र अन्य शुल्क कति छ ?
Citizens Bank को ‘Loan Against Fixed Deposit (FD)’ सेवाको लागि ब्याजदर, अवधि र अन्य शुल्क केही हदसम्म बैंकको नियम अनुसार निर्धारण हुन्छ। यसमा ब्याजदर सामान्यतया FD को ब्याजदरभन्दा २ % बढी वा बैंकको औसत Base Rate + २ % मध्ये ठूलो हुने गरी लागू हुन्छ। ऋण अवधि प्रायः तपाईंको FD को म्याच्युरिटी (अवधि सकिने मिति) सम्म हुन्छ, अर्थात FD सकिने भन्दा लामो अवधि ऋणको लागि उपलब्ध हुँदैन। अन्य शुल्कहरू लाग्दैन। यसरी, ग्राहकले आफ्नो FD को आधारमा तुरुन्त ऋण पाउने सुविधा सरल र छिटो प्रक्रिया मार्फत प्राप्त गर्न सक्छ।
-यो सुविधाको मुख्य फाइदाहरू के–के हुन् ?
डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट (Loan Against FD) सेवाका मुख्य फाइदाहरू धेरै छन्। यसले ग्राहकलाई FD लाई जमानत बनाएर तुरुन्तै ऋण रकम प्राप्त गर्ने सुविधा दिन्छ, शाखामा जानु नपरी अनलाइन आवेदन मार्फत सजिलै ऋण लिन सकिन्छ। यस ऋणको ब्याजदर साधारण व्यक्तिगत ऋणभन्दा कम हुने हुँदा आर्थिक रुपमा फाइदाजनक हुन्छ। आवेदन प्रक्रिया सरल र डिजिटल भएकाले कागजी काम न्यूनतम हुन्छ र समय पनि बचत हुन्छ। यसरी ग्राहकले आफ्नो रोकिएको FD रकमलाई आवश्यक पर्दा ऋणको रूपमा प्रयोग गर्न सक्छन्। साथै, लोनको अवधि FD को म्याच्युरिटी अनुसार लचिलो तरिकाले तय हुने भएकाले किस्तामा वा अन्तिम म्याच्युरिटीमा तिर्न सकिन्छ। FD ग्यारेन्टी भएकोले यो सेवा सुरक्षित र विश्वसनीय पनि हुन्छ।
-कस्ता ग्राहकहरू यो सेवाका लागि योग्य हुन्छन् ? नेपाली नागरिक मात्र वा विदेशीहरू पनि?
Citizens Bank को डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट (Loan Against FD) सेवा प्राप्त गर्नका लागि ग्राहकले बैंकमा Fixed Deposit (FD) राखेको हुनु आवश्यक छ। आवेदन दिने व्यक्ति FD खाताको वास्तविक खाता धारी हुनुपर्छ, अर्थात् बालक वा तेस्रो व्यक्तिको नाममा मात्र रहेको खातामा यो सुविधा उपलब्ध हुँदैन। यो सेवा नेपाली नागरिकका लागि मात्र लागू हुन्छ। । बैंकमा सक्रिय खाता भएको, बैंकको KYC प्रक्रिया पूरा गरेको, मोबाइल बैंकिङमा दर्ता भएको र FD खलेको नेपाली बालिग नागरिक ग्राहकहरु यो Digital Loan Against FD को लागि System बाटै Auto Eligible हुन्छन्। ग्राहकले आफूले चाहेको वखत जूनसूकै वेला जहॉबाट पनि Mobile Banking मार्फत One Click मा यो सेवा लिन सक्ने छन्।
-लन्च भएपछि ग्राहक प्रतिक्रिया कस्तो छ ?
Citizens Bank को “डिजिटल लोन अगेंस्ट एफडी” सेवाप्रति ग्राहकहरूको प्रतिक्रिया सकारात्मक रहेको छ। धेरैले यस सेवाको छिटो उपलब्धता, सहज प्रक्रिया, र अनलाइन माध्यमबाट कागजी काम न्यूनतम हुनुको प्रशंसा गरेका छन्। ग्राहकहरूले आफ्नो FD लाई जमानत बनाएर तुरुन्तै ऋण पाउन पाउँदा समय बचत र आर्थिक सुविधा दुवै महसुस गरेका छन्। यसरी, सेवा ग्राहकहरूको दृष्टिले सुविधाजनक, भरोसायोग्य र छिटो ऋण प्राप्तिको उपाय भएको ठहरिएको छ। हुनुका हामीले यो Facility सुरु गर्दा Maximum Loan Limit रु. २ लाख बाट मात्र सुरु गरेको थियाे तर ग्राहकहरुको उत्साहजनक प्रयोग मध्यनजर गरी र ग्राहकहरुको अनुरोधमा केहि महिनापछि Maximum Loan Limit Increase गरी रु. १० लाख कायम गरियो।
डिजिटल सेवामा साइबर सुरक्षाको लागि बैंकले के–के उपाय अपनाएको छ ?
नेपालमा डिजिटल बैंकिङ बढ्दै गएसँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ। Citizens Bank लगायतका बैंकहरूले ग्राहकको सुरक्षा सुनिश्चित गर्न विभिन्न उपायहरू अपनाएका छन्। यसमा बहु-तह प्रमाणीकरण (Multi‑Factor Authentication) लागू गरिएको छ, जसले पासवर्डसँगै OTP वा बायोमेट्रिक जानकारी प्रयोग गरी पहुँच अनुमति दिन्छ। सबै डेटा स्थानान्तरणमा एन्क्रिप्सन (Encryption) लागू गरिएको छ, जसले अनधिकृत पहुँचबाट सुरक्षा प्रदान गर्छ। बैंकले आफ्ना प्रणालीमा नियमित सुरक्षा अडिट र जोखिम मूल्याङ्कन गर्दै उपकरणको प्रयोग गरेर अनियमित गतिविधि पहिचान गर्ने व्यवस्था पनि गरेको छ। साथै, ग्राहकलाई साइबर फ्रड (Phishing, Social Engineering) सम्बन्धी सचेतना दिने जानकारी र सुरक्षा टिप्स उपलब्ध गराइन्छ। यसरी, बैंकले सुरक्षित डिजिटल वातावरण सिर्जना गर्ने प्रयास गरेको छ, र ग्राहकले पनि सतर्क रहनु आवश्यक छ।

Step 2: Go to Fixed deposit

Step 3: Click on your Fixed Deposit account

Step 4: Click on Loan Against Fd Deposit

Step 5: Enter the Amount and click Proceed

Your LF amount will be credited to your Saving Account automatically.