तीजमा ब्रत बस्नेका लागि ऊर्जा दिने पेय: म्याङ्गो शेक

तीजमा ब्रत बस्नेका लागि ऊर्जा दिने पेय: म्याङ्गो शेक

काठमाडौं । तीजमा ब्रत बस्नेहरूले यदि म्याङ्गो शेक सेवन गरेमा स्फूर्ति र ताजगी पाउन सक्ने विशेषज्ञहरू बताउँछन्। गर्मीमा विशेष लोकप्रिय फलफूलका रूपमा आँपलाई “फलफूलको राजा” मानिन्छ।

दशहरी, माल्दव, चौसा, लङ्ग्रा, अल्फासो र केशर जस्ता आँपका प्रजातिहरूमध्ये दशहरी र माल्दव विशेष रूपमा लोकप्रिय छन्। आँपलाई सामान्य रूपमा खाने मात्र नभई पिसेर वा शेक बनाएर पनि सेवन गरिन्छ।

म्याङ्गो शेक बनाउन दूध, चिनी, आइसक्रिम लगायतका सामग्री प्रयोग गरिन्छ। यसमा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन ई, ए, के, सी र बी ६ पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तर, डाइटिशियनहरूका अनुसार एक गिलास म्याङ्गो शेकमा करिब २५० देखि ३०० क्यालोरी हुन्छ, जसको मात्रा प्रयोग गरिएका सामग्रीमा निर्भर हुन्छ।

यदि चिनी कम प्रयोग गरियो भने क्यालोरी पनि घटाउन सकिन्छ। तर, मधुमेह, ग्याँस, एसिडिटी र मृगौलासम्बन्धी समस्या भएकाले यो पेय सीमित मात्रामा वा नगर्नै उचित रहने विशेषज्ञहरूको सुझाव छ।