एनपीएलमा आज दुई खेल हुँदै, चितवन–कर्णाली र काठमाडौं–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, चितवन–कर्णाली र काठमाडौं–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले अंक तालिकाको समीकरण र टोलीहरूको अन्तिम स्थान निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको चौथो स्थानमा रहेको चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली सातौँ स्थानमा छ ।

त्यस्तै, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ ।

आजका दुवै खेलले अंक तालिकामा टोलीहरूको स्थान र बाँकी समीकरणलाई टुंगो लगाउने भएकाले प्रतिस्पर्धा महत्त्वपूर्ण हुने देखिएको छ ।