

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श थालेको छ । आयोगले यस विषयमा छलफल गर्न आउँदो मंसिर ४ गते प्रमुख राजनीतिक दलहरूलाई बोलाएको छ । छठ पर्व मनाउन सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले आयोगले दलहरूलाई छलफलका लागि बोलाएको जानकारी दिएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० गते समाप्त हुँदैछ । कानुनी व्यवस्थाअनुसार कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । सोही निर्वाचनको तयारी र समयतालिकाबारे जानकारी गराउन राजनीतिक दलहरूलाई छलफलमा बोलाइएको आयोगले जनाएको छ ।