विराटनगरविरुद्ध पहिलो ब्याटिङ गर्दै पोखरा

विराटनगरविरुद्ध पहिलो ब्याटिङ गर्दै पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन् ।

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

आजको खेलमा विराटनगरले टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रञ्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी पहिलो रोजाइमा खेल्दैछन् ।

यस्तै, पोखराले पनि दुई परिवर्तन गरेको छ । विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिसले खेल्ने भएका छन् ।

आजको खेलबाट विराटनगरका इसुरु उडाना र पोखराका रमेश मेन्डिसले एनपीएलमा डेब्यु गर्दैछन् ।