

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने यू–१९ महिला टी–२० क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने शृंखलाका लागि सोनी पाख्रिनको कप्तानीमा टोली छनोट गरिएको हो।
घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।
नेपाली टोली
१. सोनी पाख्रिन (कप्तान)
२. रचना कुमारी चौधरी
३. रिया शर्मा
४. प्रिन्सा राना मगर
५. टिका साह
६. अन्जिला पाठक
७. साक्षी यादव
८. सावित्री धामी
९. मनीषा चौधरी
१०. आशिका कुमारी महरा
११. आस्रा चौधरी
१२. प्रथा श्रेष्ठ
१३. ज्योत्स्निका मरासिनी
१४. पूर्णिमा राजवंशी
१५. तिर्सना विश्वकर्मा