एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्नेछन्।

आजका दुवै खेलले प्रतियोगिताको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।