जनकपुरलाई काठमाण्डुको ११६ रनको लक्ष्य, राहुल यादवले लिए ४ विकेट

जनकपुरलाई काठमाण्डुको ११६ रनको लक्ष्य, राहुल यादवले लिए ४ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.३ ओभरमा ११५ रनमा अलआउट भयो।

काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। काठमाण्डुको इनिङ्स ध्वस्त पार्ने क्रममा जनकपुरका राहुल यादवले सर्वाधिक चार विकेट लिए। सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए।

अब जनकपुरले जितका लागि ११६ रन बनाउनुपर्नेछ।