

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट यात्रु लिएर गएको जहाज बिहीबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ चक्का फुत्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी इन्स्पेक्टर पदम रावलले जानकारी दिए।
उनका अनुसार जहाजमा सवार ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु तथा चालक दलका सदस्य सबै सकुशल छन्। दुर्घटनापछि जहाज अहिले पनि धावनमार्गमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।