४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौँ । देशका विभिन्न ४० जिल्लामा आज (बुधबार) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै ती जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डोटी, डडेल्धुरा लगायत जिल्लामा यस्तो जोखिम रहेको छ।

यी जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र, नदी तथा खोला आसपास र डुबानको जोखिम रहेका स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले पानीको बहाव बढेको अवस्थामा नदी तथा खोला किनारमा नजान र जोखिम देखिए सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरेको छ।