कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो

कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण तथा सदस्यता व्यवस्थापन कार्यलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार १५औँ महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरू खटाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। उनका अनुसार सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य पार्टीले अघि सारेको छ।

तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार २० गतेभित्र सम्बन्धित जिल्लामा पुगेर सदस्यता वितरण, समन्वय, सहजीकरण तथा अन्य आवश्यक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिइएको छ।