नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्ने, यस्तो छ लक्ष्य
काठमाडौं : नेत्रहीनहरुले खेल्ने टी-२० विश्वकप क्रिकेट खेलिसकेको नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप खेल्दैछ। पाकिस्तानमा हुने पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमार्फत नेपालले ५० ओभरको विश्वकपमा आफ्नो उपस्थिति जनाउन लागेको हो। टि–२० विश्वकपको अनुभव बटुलिसके पनि नेपाल अहिलेसम्म नकआउट चरणमा पुग्न सकेको छैन।...
