भारतविरुद्ध बंगलादेश विजयी, नेपाल सेमिफाइनलमा प्रवेश

भारतविरुद्ध बंगलादेश विजयी, नेपाल सेमिफाइनलमा प्रवेश

मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा बंगलादेशले भारतलाई ८ विकेटले हराएको छ । यस नतिजासँगै नेपाल पनि बंगलादेशसँगै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशको जितमा ओपनर पिनाक घोश नायक रहे । १८८ रनको लक्ष्य पछ्याइरहेको अवस्ठामा घोशले ८१ रनको पारी खेल्दै बंगलादेशलाई २८ ओभरमा जित दिलाएका थिए । पानीले प्रभावित भएको कारण खेल ३२ ओभरमा छोटिएको थियो ।

बंगलादेशको जितसँगै नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ। यसअघि सन्दिप लामिछानेको ५ विकेटको मद्दतले नेपालले मलेसियामाथि ८ विकेटको शानदार जित दर्ता गरेको थियो ।

समूह ‘ए’मा बंगलादेशले सबै खेल जित्दै ६ अंक बटुलेको छ भने नेपालको ४ अंक रहेको छ । त्यस्तै भारत केवल दुई अंकमा सीमित रह्यो भने आयोजक मलेसिया अंकविहीन रह्यो ।

अब नेपालले आफ्नो सेमिफाइनल खेल समूह ‘ए’को विजेता अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । बिहीबार हुने अर्को सेमिफाइनलमा भने समूह ‘ए’को विजेता बंगलादेश र समूह ‘बि’को उपविजेता पाकिस्तान भिड्ने छन् ।