भारत फेरि वान डेमा नम्बर १

भारत फेरि वान डेमा नम्बर १

आश्विन १६, २०७४-भारतले आइतबार राति वान डे क्रिकेटको वरीयतामा फेरि शीर्ष स्थान कब्जा गरेको छ । वान डे क्रिकेटको नम्बर १ टिम बन्न भारतले पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियालाई सजिलै सात विकेटले हरायो ।

यस जितपछि भारतले सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको छ । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १ सय २५ रन बनाएपछि भारतले सजिलै जितका लागि पाएको २ सय ४३ रन पछ्याएको हो ।

यो सात ओभरको खेल बाँकी रहँदा सम्भव भएको हो । भारतले सिरिजको चौथो खेलमा हार बेहोरेपछि वान डे क्रिकेटको नम्बर १ स्थान छोटो समयका लागि गुमाएको थियो ।