कतारले भन्याे- इरानी क्षेप्यास्त्र खसाल्यौं, आक्रमण विफल पार्यौं
एजेन्सी । अमेरिकी सेनालाई लक्षित गर्दै इरानले कतारस्थित अल उदेइद सैन्य अड्डातर्फ क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि कतारले आफ्ना हवाई सुरक्षा प्रणालीमार्फत ती क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक निष्क्रिय पारेको दाबी गरेको छ। कतारका प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले सोमबार जारी विज्ञप्तिमा...
