सुन र चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, सुन प्रतितोला २ लाख १२ हजार

सुन र चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, सुन प्रतितोला २ लाख १२ हजार

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य नयाँ रेकर्डमा पुगेका छन्। गत साताभर लगातार बढ्दै आएका दर आइतबार फेरि उक्लिएर हालसम्मकै उच्च स्तरमा पुगेका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा रहेको चाँदी आइतबार १० रुपैयाँले वृद्धि भई २ हजार ५০০ रुपैयाँमा कारोबार भइरहेको छ।