

१६ लाख ६० हजारभन्दा बढी कित्ता शेयर खरिदका लागि आवेदन खुला
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १६,६०,६९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। यसमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन सक्नेछन्। इच्छुकले १५ दिनभित्र काठमाडौं बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।