

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानमा उपलब्ध हुने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
नयाँ सार्वजनिक गरिएको पोर्टल https://auctionassistance.nicasiabank.com मार्फत बैंकको नाममा रहेको गैर-बैंकिङ्ग सम्पत्ति, धितो सुरक्षा रहेको सम्पत्ति तथा अन्य बैंकिङ्ग सम्पत्तिहरु सम्बन्धी विस्तृत विवरण, फोटो, नक्सा र लोकेशनसहितको जानकारी प्राप्त गर्न सकिनेछ ।
यस पोर्टलमा ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशनमा रहेको QR कोड स्क्यान गरेर पनि सजिलै प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ । इच्छुक ग्राहकले रुचाएको सम्पत्तिबारे थप जानकारीका लागि पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ मार्फत आफ्नो नाम, इमेल, सम्पर्क नम्बर र ठेगाना लेखी सोधपुछ गर्न सक्नेछन् ।
बैंकका अनुसार यस पोर्टलमा नियमित रूपमा नयाँ सम्पत्ति तथा लिलाम बिक्रीसम्बन्धी सूचना अद्यावधिक गरिने भएकाले इच्छुक ग्राहकलाई सीधा लाभ हुने विश्वास गरिएको छ ।