बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध ६० करोड क्षतिपूर्तिसहित मुद्दा दायर

बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध ६० करोड क्षतिपूर्तिसहित मुद्दा दायर

काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिजसम्बन्धी विवादमा १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार अदालतमा मुद्दा दायर गर्दै ६० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्तिको माग दाबी गरेको हो।

नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयका आधारमा मुद्दा दायर गरिएको हो। सो निर्णयमाथि अनुसन्धान गरेर प्रहरीले फाइल पेश गरेपछि सरकारी वकिलको कार्यालयले अन्ततः मुद्दा चलाउने निर्णय गरेको हो। रिता सिंह उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन्।