काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान संशोधन अपरिहार्य भएको बताएका छन्। शनिबार संविधान संशोधन सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा संविधान संशोधन नभए संविधान नै नबाँच्ने भन्ने चेतावनी दिए।
उनले भने, “संविधान संशोधन गर्नुपर्छ। किनभने संविधान निर्माण गरिरहेका बेला माओवादी एउटा निर्णायक शक्तिका रुपमा थियो। त्यो बेला संविधानमा रहेका असन्तुष्टि र असहमतिहरु अहिले आएर व्यक्त हुन थालेका छन्। नेपालमा जुन संविधान संशोधन भएको छैन, संशोधन नभएको संविधान बाँचेको इतिहास छैन्। समय अनुसार परिवर्तन हुनुपर्छ। संविधानलाई बचाउन पनि समयअनुसार परिवर्तन गरेर संशोधन गर्नैपर्छ।”
उनले संविधान संशोधन हुने कुरा सहज नभएको भन्दै, “अध्यक्षता गर्नुपर्छ,” भने।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता
पूर्व सञ्चार मन्त्री रेखा शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताएकी छन्। उनले निर्वाचन प्रणालीको कमजोरीका कारण उत्पीडित समुदायका व्यक्तिहरू चुनावमा भाग लिन नसक्नु समस्या रहेको उल्लेख गरिन्। “संविधान भनेको देशको मूल कानून हो। यसलाई अरु कानून बनाएर कार्यान्वयन गर्नुपर्छ,” उनले भनिन्।
उनले निर्वाचन प्रणालीलाई पूर्ण प्रत्यक्ष बनाउनुपर्ने र संविधान संशोधन गरेर पूर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्ने जोड दिइन्।
संविधान संशोधनमा गहन छलफलको आवश्यकता
रास्वपाका सांसद सन्तोष परियारले दुईवटा पार्टी एक ठाउँमा आउँदा संविधान संशोधन सम्भव नभएको बताए। उनले भने, “हाम्रो प्रवृत्ति स्थायी छैन। राजनीतिक संस्कार स्थायी छैन। दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान संशोधन हुँदैन्। तर व्यापक छलफलमा गरेर जानुपर्छ।”
जातीय समावेशिता र संविधान
सन्तोष परियारले संविधानमा समावेशिता भएपनि दलितहरूले जातीय भेदभावका कारण दुःख पाइरहेको बताउँदै समावेशीतामा महिलाहरू विशेष गरी बढी मारमा परेको उल्लेख गरे।
प्रधानमन्त्रीको जिम्मेवारी
नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशमा तीन जना पालैपालो प्रधानमन्त्री हुँदा देशको स्थिति अस्वस्थ भएको भन्दै यसको जिम्मेवारी निर्धारण गर्नुपर्ने आवश्यकता बताए।