फरक पहिचान बोकेको दियालो फुडल्याण्ड

फरक पहिचान बोकेको दियालो फुडल्याण्ड

-बलिराम गुप्ता-

स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको विकास हुन्छ भन्ने भनाई विश्वव्यापी भनाई हो । तर स्वस्थ शरीरको लागि खानपान, सुताई इत्यादिहरुले निर्धारण गरेका हुन्छन् । हो त्यही स्वस्थताको लागि रोज्नुपर्ने व्यवसायिक ठाउँ हो दियालो फुडल्याण्ड । जुन नेपालको विभिन्न पाँच ओटा ठाउँहरुबाट विगत झन्डै एक दशकदेखि आफ्नो सेवा दिदै आइरहेको छ । काठमाडाैं, भरतपुरको बिक्रम पाण्डेय ओरालोमा , बुटवलको मिलनचोक र कालिकानगरबाट आफ्नो सेवा दिदै आइरहेको छ । झण्डै एक दशकदेखि काठमाडौंबाट सुरु गरेको प्रतिष्ठित ग्रुपले अहिले नेपालको मुख्य मुख्य शहरहरुमा शाखा विस्तार गरिरहेको छ ।

घरायसी वातावरणमा विभिन्न सेवा पुर्‍याइरहेको यस रेष्टुरेन्टबाट उपभोक्ताहरु सन्तुष्ट देखिन्छन् । अहिले विश्वव्यापी रुपमा बढदै गइरहेको कोलाहलबाट उपभोक्ताहरु शान्त ठाउँ रोज्ने तर्फ विकास भएको छ त्यही शान्तिको अनुभुति गर्न सकिन्छ दियालो फुडल्याण्डमा । विशेषतः बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्ड बुटवलबासीको लागि चिरपरिचित ठाउँ हो भन्दा अतियुक्ति नहोला । यस गौतम बुद्धको पावन धर्तीमा अतिथि तथा सत्कारको लागि रुपन्देही नेपालको एक हबकै रुपमा विकास भइरहेको छ । त्यही रुपन्देही जिल्लामा अवस्थित दियालो फुडल्याण्डले विभिन्न सेवाहरु उचित मुल्यमा उपलब्ध गराइरहेको छ ।

बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डले विवाह, ब्रतवन्ध, जन्मदिन बिशेष, विभिन्न कार्यक्रम गर्न मिल्ने हल जस्ता सेवाहरु पुर्याईरहेको छ । यति मात्रै नभई यसले विभिन्न स्वादिष्ट नेपाली, इन्डियन, चाईनिज, कन्टीनेन्टल खानाहरुको पनि सेवाहरु उपलब्ध गराउने गर्दछ । साथसाथै सामान्य कोठादेखि उच्च आरामदायी बस्ने कोठाहरु बुटवलको मिलनचोक र भरतपुरबाट उपलब्ध गराईरहेको छ । सामान्य नागरिकदेखि सेलिब्रेटीहरुको रोजाई बन्न पुगेको छ दियालो फुडल्याण्ड । सामान्य कार्यक्रम गर्नेदेखि लिएर ठुलो कार्यक्रम गर्न मिल्ने हो दियालो फुडल्याण्ड ।

यसै गरी अत्याधुनिक रुपमा बनाइएको दियालोको आर्को शाखा हो कालिकानगरको दियालो फुडल्याण्ड । यस शाखाबाट विशेष सेवाहरु यसले प्रदान गर्ने गर्छ जसमा विवाह कार्यक्रम, छलफल, अन्तक्र्रिया, सम्मेलन जस्ता आनन्ददायी रुपले गर्न मिल्छ । यो विशेष गरेर सम्भ्रान्त वर्गको रोजाई बन्न पुगेको छ । मिलनचोक र कालिकानगर दियालो फुडल्याण्ड शाखाको व्यवस्थापन हेरिरहेका छन् ३४ बर्षीय एक शालिन , चिटिक्क शरीर भएको र मिजासिलो व्यवहार भएको शंकर न्यौपाने । विगत एक दशकदेखि उपभोक्त्ताहरुलाई उन्नत सेवा प्रदान गर्न आतुर छन् । म दियालो पुग्दा मुसुक्क हासेर स्वागत गर्न तम तयार थिए भन्ने मात्रै हैन नयाँ सोच र खोजको लागि पनि प्रयासरत थिए । हेर्दा दियालो फुडल्याण्ड सफा, चिटिक्क र अत्याधुनिक रुपले सजाइएको थियो । साथसाथै नेपाल, नेपालीको अनुभुती हुने गरी भेषभुषा, खानपान, संस्कृति र आवरण झल्किन्थ्यो । त्यति मात्रै होइन आतिथ्यता प्रदान गर्नेहरु पनि सहयोगी पाए ।

पछिल्लो समयमा हेर्ने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र गौतम बुद्ध जन्मस्थल लक्षित गरेर रुपन्देही र कपिलवस्तुमा थुप्रै होटल तथा रेष्टुरेन्टहरु खुलेका छन् । तर मात्रै खुलेर हुदैन त्यो लक्षित पक्षपोषण गर्ने कानुनहरुको पनि खाँचो देखिन्छ । साथसाथै विभिन्न सरकारहरुले हवाईदेखि लिएर भाडाको सवालमा पनि सोचविचार गर्नुपर्ने देखिन्छ । वास्तवमा भन्ने हो भने नेपाल पर्यटन र उर्जाबाट मात्रै समृद्ध हुन सक्छ भन्ने कुरा अर्थविद्हरुले जोड दिन्छन् । भारतीय पर्यटकहरु नेपाल आउँदा नेपालको कानुनले गर्दा सिमित पैसा बोक्नुपर्ने बाध्यता छ यो कुराहरु प्रति कानुन बनाउनेहरुको ध्यान जानु जरुरी देखिन्छ । देश विकासको महत्वपुर्ण संवाहक पर्यटन हो यसलाई मलजल गर्नुपर्ने देखिन्छ । बढदो आर्थिक संकटलाई केही हद सम्म कम गर्न र बजार चलायमान गर्न यसको बिशेष रुपले विकास गर्नु अति आवश्यक देखिन्छ । विशेष गरेर बुटवल देखि नारायणगढ र मुग्लिङदेखि पोखरासम्मको बाटो छिटो भन्दा छिटो निर्माण गर्नुपर्दछ भन्ने राज्यको ध्यान आकृष्ट हुनुपर्दछ । अन्तयमा बाटोहरु पनि कम धुलोयुक्त बनाउने तर्फ राज्य अग्रसर हुनुपर्दछ ।