खोकी लाग्दा यस्ता गल्ती नगरौं

खोकी लाग्दा यस्ता गल्ती नगरौं

काठमाडौं । यतिबेला चिसो मौसम छ। चिसो मौसममा अन्य समयभन्दा बढी खोकी लाग्ने गर्छ। खोकी ब्याक्टेरियल इन्फेक्सनका कारण लाग्ने गर्छ। औषधि खाँदा पनि कतिपय अवस्थामा खोकी चाडो निको हुँदैन। खानपिनका केही कुराले खोकी र छातीको खकारको समस्या थप बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ।

विशेषज्ञका अनुसार खोकी लाग्दा दूधबाट टाढै बस्नुपर्छ। दूध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ। यसका कारण खोकीको समस्या बढ्ने हुन्छ। यस्तोमा तपाईंले कुनै पनि दूग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ।

डाक्टरका अनुसार भात चिसो प्रकृतिको हुन्छ र यसमा खकार बन्ने गुण पाइन्छ। यस्तोमा यसले रुघा लाग्दा भातको सेवन नगर्नु नै राम्रो मानिन्छ। खोकी लाग्दा वा घाँटीको संक्रमण हुँदा डाक्टरले भात, दही, मसालेदार भोजन, केरा आदि नखान सल्लाह दिन्छन्।

खोकी लाग्दा चिनी पनि खानुहुँदैन। यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ। यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ।

यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस्। क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ। यस कारण खोकीको समस्या थप बढ्न सक्छ।

चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ। यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ।

मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ। तर, ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहँदा बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस्। चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ। वर्षायाममा खोकीको समस्या हुँदा प्रोसेस्ड फूडबाट पनि टाढै बस्नुहोस्। तपाईंले बजारमा पाइने डिब्बामा बन्द गरिएका खानेकुरा, क्यान सूप वा केचअपजस्ता खानेकुरा पनि टाढै बस्नुपर्छ।

यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस्। तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन। चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ।

ब्याक्टेरियल इन्फेक्सन हुँदा दालचिनी, काँचो लसुन वा ल्वाङजस्ता चिजको सेवनले घाँटीलाई राहत दिन सक्छ। औषधीय गुणले भरपुर यी खानेकुराले खोकी लाग्दा निकै हदसम्म आराम दिनसक्छ। एजेन्सी