

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभाले ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। सभाले २०८०/८१ को वितरण योग्य मुनाफाबाट चुक्तापुँजीको ४ प्रतिशत अर्थात् ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ।
सभाले २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ।