

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ ले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी चाँदीको मूल्य घटेर प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।