काठमाडाैं । नेपालमा हालैका बाढी र पहिरोले पुर्याएको व्यापक क्षतिको सामना गर्दै, सि. जी इलेक्ट्रोनिक्सले प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याउन ” सहायता सेवा” नामक एक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो कार्यक्रम अन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधि भित्र रहेका उपकरणहरूको नि:शुल्क मर्मत सेवा प्रदान गरिनेछ। सि. जी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एल. जी,सि. जी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माईडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागु हुनेछ।
यस अभियानमा १००% नि:शुल्क सेवा शुल्क र नि:शुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन्।
यो सेवा कार्तिक ९, २०२४ सम्म मान्य हुनेछ र यस अवधिभित्र आफ्नो समस्या दर्ता गराएका सबै ग्राहकहरूलाई यो सुविधा उपलब्ध हुनेछ। यो कार्यक्रम कम्पनीले समुदायसँगको सहकार्यलाई प्रकट गर्ने एउटा प्रयास हो जसले कठिन परिस्थितिमा साथ दिने प्रतिबद्धता देखाउँछ।
सि. जी इलेक्ट्रोनिक्स यस्ता आपत्तकालीन परिस्थितिमा समुदायलाई सहयोग पुर्याउन निरन्तर प्रयास गरिरहेका छन्। यस पहल मार्फत, कम्पनीहरूले प्राकृतिक प्रकोपको सामना गरेका व्यक्तिहरूलाई सहयोग पुर्याउन र पुनर्निर्माण प्रक्रियामा मद्दत पुर्याउने आशा राख्छन्।
थप जानकारी वा सेवा अनुरोध दर्ता गर्नका लागि ग्राहकहरूले निम्न हेल्पलाइनहरूमा सम्पर्क गर्न सक्नुहुन्छ:
• दर्ता को लागि: १६६०-०१-००२११, ०१-५२५०२७७
नियम र सर्तहरू लागू हुनेछन्।