

काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए ।यातायात आवागमन सहज बनाउन भन्दै विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म रोक्ने निर्णय गरेको थियो ।