

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । प्रहरीले महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका०३ बस्ने ४० वर्षीय राम बिनय महरा र सर्लाही बसगरिया गाउँपालिका ५ घर भई हाल बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।
हत्या गरिएको महिलाको पहिचान भने खुलेको छैन ।