श्री राधा माधव समिति नेपालद्वारा साधना शिविर आयोजना गरिने

श्री राधा माधव समिति नेपालद्वारा साधना शिविर आयोजना गरिने

काठमाडाैं । श्री राधा माधव समिति नेपालद्वारा श्यामा श्याम धाम ठिमी स्थित भक्ति मन्दिरमा  भाद्र २५ देखि भाद्र २९ गतेसम्म ५ दिवशीय साधना शिविर आयोजना गरिदैंछ । भाद्र २६ गते पर्ने भगवान श्री कृष्णकी ल्हादिनी शक्ति श्री राधारानीको प्राकट्य दिवस ( राधाष्टमी) को अवसर पारेर आयोजना गर्न लागिएको उक्त श्री राधाकृष्ण भक्तिसाधना शिविरमा नेपालभरका साधकहरुको सहभागिता रहनेछ । यस साधना शिविरमा सहभागी हुन इच्छुक महानुभावले धामको फोन नम्बर ०१६६३००५९ सेल नम्बर ९८४१२३०४३७ मा सम्पर्क गरि नाम दर्ता गर्न सकिने छ ।